+
+

बीआरआईबारे चिनियाँ अधिकारीहरुको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १२:२५
Photo Credit : Bijaya Gautam

१७ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ अधिकारीहरुसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताएका छन् ।

पाँच दिने चीन भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आर्थिक विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि गर्न अनुरोध गरेको बताए । उनले अघि भने, ‘उपप्रधानमन्त्रीज्यू र सिचुवान पार्टी प्रमुखले सकारात्मक ढंगले सोच्ने विश्वास दिलाउनुभएको छ ।’

श्रेष्ठका अनुसार चिनियाँ अधिकारीहरुले बीआरआई प्रोजेक्टबाट लाभ लिने के कस्तो तयारी छ भनेर चासो राखेका थिए ।

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । यसको कार्यान्वयन योजनाको मस्यौदा आदान प्रदान भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यसलाई अन्तिम रुप दिएपछि ठोस प्रोजेक्ट र मोडालिटीबारे छलफल गरेर टुंगो लगाउँछौं र बीआरआईबाट लाभान्वित हुनसक्ने आशा लिएका छौं भन्यौं ।’

सिचुआन एयरलाइन्सका अधिकारीहरुसँग भएको भेटमा आफूहरुले छेन्दु–काठमाडौं उडान सातै दिन गर्न आग्रह गरेको पनि श्रेष्ठले बताए । ‘छेन्दु–पोखरा र छेन्दु–भैरहवामा व्यवसायिक उडानका लागि अगाडि बढ्नुपर्यो भनेर अनुरोध गर्यौं,’ उनले भने, ‘उहाँहरुले पोखरामा अलि बढी सकारात्मक सोचेको जानकारी गराउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?