+
+

साधारण तारेखमा छुटे अधिवक्ता लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते २०:३८

१७ असार, काठमाडौं । जिल्ला अदालत, ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् ।

बुधबार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै झगडा भएको थियो ।

आफैं कागजात पल्टाई हेर्न थालेको र आफूले मिसिल नहेर्नुस्, आवश्यक भए नक्कल सारी हेर्नुस् भन्दा गालीगलौज गर्दै हातपात गरेको तामाङको दाबी छ ।

लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा नासु तामाङले घुस मागेको र इन्कार गर्दा जथाभावी बोलेर हातपात गर्न थालेको दाबी गरेका थिए ।

बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै परेपछि प्रहरीले अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लियो । उनलाई कारबाहीको माग गर्दै अदालतका कर्मचारी ट्रेड युनियनले आइतबार १ बजेसम्म कलम बन्द गरे, त्यसको प्रतिवादमा कानुन व्यवसायीले १ बजेपछि बहस नगर्दा कतिपय अदालतमा सुनुवाइ प्रभावित भएको थियो ।

नेपाल बार एशोसिएसनले सोमबार बन्द प्रत्यक्षीकरणको निवेदन बाहेकका अरु मुद्दामा बहस नगर्ने घोषणा गरेको छ ।

विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछाने आइतबार रिहा गरेको छ । अधिवक्ता लामिछानेलाई साधारण तारेखमा छाडिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?