+
+

अटो दुर्घटना हुँदा उदयपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १२:०२

१८ असार, उदयपुर । उदयपुरगढी गाउँपालिकामा आइतबार राति अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडानम्बर ७ अधेरीस्थित सडकमा नेपालटारबाट गाइघाटतर्फ जाँदै गरेको स१ह ३६२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-१२ का १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उरुस्तमको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको बिराटनगर नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?