+
+

ललितपुर महानगरले घरमै पुगेर ज्येष्ठ नागरिक र अपाङ्‍गता भएका व्यक्तिको उपचार गरिदिने 

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १८:२०

१८ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक एवम् अपाङ्‍गता भएका व्यक्तिहरुको उपचार घरमै पुगेर गरिदिने भएको छ ।

ज्येष्ठ नागरिक एवम् अपाङ्‍गता भएका व्यक्तिहरुको मुट, मिर्गौला, आँखा लगायतको परीक्षणका साथै विशिष्ट स्वास्थ्य सेवा घरमै पुगेर दिने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।

‘महानगरसँग ज्येष्ठ नागरिक’ कार्यक्रममार्फत घर-घरमा गएर ज्येष्ठ नागरिक र अपाङ्‍गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण लगायत आवश्यकता अनुसार आधारभूत औषधि पनि निःशुल्क उपलब्ध गाराइने महानगरले जनाएको छ । जसका लागि महानगरले नेपाल हृदय रोग निवारण र नेपाल नेत्र ज्योति संघ (कीर्तिपुर आँखा अस्पताल)सँग समझदारी गरेको छ ।

समझदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने र नेपाल नेत्र ज्योती संघका अध्यक्ष भरतबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

यस्तै मिर्गौला सम्बन्धी रोगको उपचार गर्ने सम्बन्धमा मेडिसिटी अस्पताल , मिर्गाैला बचाउ अभियान र ललितपुर महानगरबीच समझदारी भएको महानगरले जनाएको छ । महानगरका प्रमुख महर्जन, मेडिसिटीका मेसु राज राणा, अभियानका ऋषिराम काफ्लेले त्रिपक्षीय गरेका हुन ।

महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महानगरको तर्फबाट कुनै कसर बाँकी नराख्ने महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?