+
+

लुम्बिनीमा एमालेको विरोध कायमै, प्रदेश सभा बैठक ५ बजेसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १६:३०

१९ असार, दाङ । लुम्बिनीमा प्रतिपक्षी दल एमालले विरोध कायमै राखेको छ ।

प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ ।  लुम्बिनीमा एमालेले असार १३ गतेदेखि बसेको सदन अवरुद्ध गरेपछि बैठक चार पटक स्थगित हुन पुगेको छ ।

म‌गलवार पनि एमालले बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध कायमै राखेपछि बैठक एक घण्टा स्थगीत गरियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकार र विपक्षी दलको बचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरे । एमालेले असार १७ गते यता बसेको लगातार बसेको बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउँ गर्दै आएको छ ।

लुम्बिनीमा एमालेले विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्न खोजेको भन्दै असन्तुष्टी जनाउँदै आएको छ ।

एमालले सरकारले ल्याएको बजेटमा ०७५/०७६ का यताका क्रमागत योजनाहरु बजेट कतौती गर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने कुरा सच्याउनु पर्ने भन्दै अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?