+
+

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १८:२५

२० असार, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक पर्सि शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालयका एक अधिकारीका अनुसार बैठक स्थगितको सूचना जारी गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?