+
+

नेप्से स्थिर, ३ अर्ब माथिको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १५:४४

२१ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।

कारोबार खुलेको सुरुवाति समयमा केही वृद्धि देखिएको नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उचारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर बन्द भएको हो । ‘इन्ट्रा–डे’ कारोबारमा २०३३.४३ अको विन्दुसम्म झरेको थियो भने २०६४.५७ को उच्च बिन्दु कायम गरेको थियो ।

विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जिवन बीमा र उत्पादनमुलक उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित लघुवित्त उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन ।

नेप्सेमा उतारचढावबीच ३ अर्ब माथिको कारोबार भएको छ । ६९ हजार ६५५ वटा कारोबारमा ९७ लाख ५१ हजार ९८५ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७ करोड ७५ लाख रुपैयाँको किनबेच भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर १६ करोड ९८ लाखको कारोबार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा बैंकको १६ लाख ९७ हजार ५२६ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ९० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।

सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.८५ प्रतिशतले वृद्धि भएको छ ।

यता मोर्दी इनर्जीको सेयरमूल्य नेप्सेमा कारोबार खुलेपछिको लगातार दोस्रो दिन पनि १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावरको सेयरमूूल्य ५.६७ प्रतिशतले गिरावट हुँदा सिनर्जी पावर कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?