+
+

‘मिसन इम्पोसिबल ७’लाई श्रृंखलामध्येकै उत्कृष्ट समीक्षा, रटन टम्याटोजमा ९८ प्रतिशत रेटिङ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १६:०७

काडमाडौं । टम क्रुज स्टारर हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखलाले सकारात्मक समीक्षा प्राप्त गरेको छ । हलिउड सञ्चारमाध्यमले ‘डेड रेकोनिङ पार्ट वान’को समीक्षा प्रकाशित गर्दै श्रृंखलाको प्रशंसा गरेका छन् । यसैबीच हलिउड फिल्मको सूचक मानिने रटन टम्याटोजमा फिल्मले इतिहास रच्दै उच्च स्कोर प्राप्त गरेको छ ।

भेराइटीसहितका म्यागजिनले डेड रेकोनिङलाई फ्रेन्चाइजमध्येकै उत्कृष्ट भएको जनाएको छ । रटन टम्याटोजले ९८ प्रतिशत रेटिङ देखिएको छ, जुन निकै उच्च हो । निर्माताले समीक्षकलाई जुन ४ मा नै फिल्म देखाउँदै जुन ५ को रातिसम्म समीक्षा प्रकाशित नगर्न इम्बार्गो नीति लागू गरेका थिए ।

फिल्मको अघिल्लो श्रृंखलाले रटन टम्याटोजमा ९७ प्रतिशत र सबैभन्दा कम दोस्रो भागले ५६ प्रतिशत प्राप्त गरेका थिए । हलिउड रिपोर्टर म्यागजिनले कथा वाचनमा केही समस्या भए पनि बलियो ‘कास्ट’ र उच्च गुणस्तरको ‘प्रोडक्सन भ्यालु’ले दर्शकलाई मनोरञ्जन दिने उल्लेख गरेको छ ।

भेराइटी म्यागजिनले फिल्मको सीजीआई र भीएफएक्स विश्वसनीय र आकर्षक लाग्ने उल्लेख गरेको छ । मार्भल र अवतारजस्ता फिल्मको सीजीआई कार्टुनजस्तो देखिने भए पनि यो फिल्मको सीजीआई वास्तविक देखिने र यसले दर्शकलाई विश्वसनीयता प्रदान गर्ने भेराइटीले लेखेको छ । सम्पादनदेखि भिजुअल इफेक्टसम्मको काम गुणस्तरीय रहेकोदेखि क्रुजको अभिनय प्रशंसनीय रहेको भेराइटीले उल्लेख गरेको छ ।

लस एन्जलस टाइम्सले फिल्मको समीक्षा गर्दै यसलाई हलिउडको चम्किलो विज्ञापनको संज्ञा दिएको छ । ‘डेड रेकोनिङ पार्ट वानले आफ्नो शैलीमा दर्शकलाई इन्गेज गर्छ । यो आफैंमा हलिउडको चम्किलो विज्ञापन हो,’ उसले लेखेको छ । द र्‍याप म्यागजिन लेख्छ, ‘हाम्रो चिरस्थायी सिनेम्याटिक माभेरिकले यो गर्मीयाममा यो भन्दा बढी सिनेमाको अनुभव के दिन सक्छ ? यो भन्दा अर्को मिसन कुन हुन सक्छ ? तपाईंले यसलाई अवश्य स्वीकार्नुपर्छ ।’

इन्टरटेनमेन्ट विक्लीले त आफ्नो समीक्षामा तीन घण्टाको समय पनि छोटो लाग्ने उल्लेख गरेको छ । टाइम म्यागजिनले टम क्रुज केन्द्रित स्टन्ट पर्याप्त र दर्शनीय रहेको बताएको छ । यतिबेला यो फिल्म ट्रेलरदेखि नै चर्चामा छ । क्रुजले गरेका खतरनाक एक्सन दृश्यको कारण पहिलेदेखि नै यो फिल्म चर्चामा छ । यो फिल्म असार २९ गते नेपालमा पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?