+
+

सुशान्त थापाको चौथो कविताकृति ‘लभ्स क्रेडल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १७:३६

काठमाडौं । कवि सुशान्त थापाको चौथो कवितासंग्रह ‘लभ्स क्रेडल’ सार्वजनिक भएको छ । प्रकाशन गृह वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङले अमेरिका र सेनेगलबाट उक्त कविता संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो । पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा लेखेका १११ वटा कविता समेटिएका छन् ।

मुख्यतः अंग्रेजी तथा त्यससँगै नेपाली भाषाका कवितामा कलम चलाउने थापाका यसअघि तीन संग्रह ‘द पोयटिक बर्डन, एब्स्ट्रयाक्टसन  एन्ड अदर पोयम्स र मिनेट्स अफ मेरिट प्रकाशित भइसकेका छन् । प्रेम, वियोग र जीवनका अनेक आयाममाथि थापाले लेखेका छोटा कविताहरू स्पेनिस, उज्बेकलगायत भाषामा अनुवाद भइसकेका छन् ।

विराटनगर निवासी कवि थापा अध्यापन पेशामा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?