+
+

बुधबार राति किन गयो झ्याप–झ्याप बिजुली ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १४:१६

२१ असार, काठमाडौं । बुधबार राति १० बजेपछि काठमाडौंसहित बाग्मती प्रदेशका विभिन्न भागमा बिजुली आउने–जाने भइरह्यो । यसले धेरै उपभोक्ताहरू प्रभावित भए ।

बुधबार राति पटक–पटक विद्युत आउने जाने किन भयो त ? नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौंको मातातीर्थबाट हेटौंडातर्फ जाने १३२ केभीको प्रसारणलाइनको ‘जम्पर’ टुट्दा यस्तो समस्या आएको बताउँछन् । उनका अनुसार एक्कासी ठूलो क्षेत्रमा विद्युत कटौती भएपछि सिस्टममा समस्या परेर अन्य क्षेत्रमा पनि ‘ब्ल्याक आउट’ हुन्छ ।

‘राति १ बजे बल्ल समस्या पत्ता लाग्यो,’ उनी भन्छन्,‘राति नै समस्या समाधान गरियो ।’ घिसिङका अनुसार विभिन्न प्रसारणलाइनहरुको काम नसकिंदा धेरै लाइनहरु ओभर लोडमा चलिरहेका छन् । यसले गर्दा सामान्य समस्या आउँदा पनि प्रणाली नै प्रभावित हुने जोखिम बढेको छ ।

अहिले प्रणालीमा झ्याप–झ्याप बिजुली काटिने क्रम बढेको छ । पछिल्ला दिनमा बिजुलीको माग बढेको छ, तर माग पूर्ति गर्न विभिन्न क्षेत्रमा बिजुली पुर्याउने पूर्वाधार सीमित हुँदा लाइन जाने-आउने समस्या बढेको छ ।

विद्युत लाइन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो ।

गत वर्षहरुको भन्दा समस्या बढी समस्या देखिएपछि प्राधिकरणले विभिन्न सुधारका काम गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?