+
+
Shares

भारतले नेपाललाई बिजुली दिने समय बढायो, उद्योगले मागे जति बिजुली पाउने

प्राधिकरणका अनुसार भारतले बिहीबारदेखि ४ घण्टा समय थप गरी बिहान २ बजेदेखि साँझ ५ बजेसम्म नेपाललाई बिजुली उपलब्ध गराउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते २१:५०

१८ वैशाख, काठमाडौं । भारतबाट आउने बिजुलीको समय थप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै बिहीबार (१ मे) देखि भारतबाट खरिदमार्फत आउने बिजुलीको समय ४ घण्टा थप भएको हो ।

इन्डियन एक्सचेन्ज मार्केटले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ढल्केबर मुजफ्फरपुर लाइनमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । तर, बिहीबारदेखि ४ घण्टा समय थप गरी बिहान २ बजेदेखि साँझ ५ बजेसम्म नेपाललाई बिजुली उपलब्ध गराउने भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नदी नालाहरूमा पानीको बहाव बढेसँगै तथा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युतको मात्रा समेत बढेको र भारतले समेत खरिदको बिजुली उपलब्ध गराउने समय थप गरेका कारण हाल उद्योगमा भइरहेको विद्युत् कटौती कम हुने र बिहान २ बजेदेखि साँझ ५ बजेसम्म औद्योगिक ग्राहकहरूले माग अनुसारको विद्युत पाउने छन् ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखि कार्य गरिरहेकोले माग अनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरूमा देखिएको समस्या समाधान हुने विश्वास प्राधिकरणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?