+
+

डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

रासस रासस
२०८० असार २३ गते १२:१७

२३ असार, दिपायल । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?