+
+

वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १७:१०

२४ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उनलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

‘वडाध्यक्ष सहित तीन जनालाई हामीले नियन्त्रणमा लिएका छौं । उहाँहरुमाथी उपभोक्ता समितिको रकम चोरीको आरोप छ,’ डीएसपी शाहीले अनलाइनखबरसँग भने ।

प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।

गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएको प्रहरीले जनाएको छ । उनीहरुले काम सिध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले बताइन् ।

वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?