+
+

भ्रष्टाचारविरुद्धको अभियानदेखि नै समाजवादको बाटो सुरु भयो : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १२:०६

२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले अभियानको सुरुआत प्रधानमन्त्री प्रचण्डले सुरु गरिसकेको बताए ।

‘नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ,’ उनले भने, ‘आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुन्छ ।’

मन्त्री किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउँदै नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्ने बताए ।

नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ भन्ने कुराको अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने भन्नेबारे पनि अध्ययन हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?