+
+

ह्वाट्सएपमा आउँदै नयाँ फिचर, फोन नम्बरबाटै कम्प्युटरमा लगइन गर्न सकिने

एजेन्सी एजेन्सी
२०८० असार २५ गते १२:३२

मेटा स्वामित्वको लोकपि्रय मेसेजिंग एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुका लागि नियमित रुपमा नयाँनयाँ फिचर ल्याउने गरेको छ ।

यसै क्रममा ह्वाट्सएपले हाल वेब भर्सनमा ह्वाट्सएप प्रयोग गर्नेका लागि नयाँ फिचर ल्याउने सन्दर्भमा काम गरिरहेको छ ।

उक्त नयाँ फिचरसँगै प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा ह्वाट्सएप लगइन गर्नका लागि फोन नम्बरको प्रयोग गर्न सक्नेछन् र अहिलेको जस्तो क्यू आर कोड प्रयोग गर्नुपर्ने छैन ।

WABetaInfo का अनुसार यो फिचर हालका लागि केही एन्ड्रोइड बिटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको छ ।

यो फिचर २.२३.१४.१८ भर्सनमा उपलब्ध रहेको बताइएको छ । कतिपय बिटा भर्सन प्रयोग नगर्ने ह्वाट्सएप प्रयोगकर्ताले पनि यो नयाँ फिचर देख्न पाएको समाचारमा उल्लेख गरिएको छ ।

ह्वाट्सएपको यो नयाँ फिचरले फोन बाहेक अन्य डिभाइसमा समेत वेब भर्सनको ह्वाट्सएप चलाउने प्रयोगकर्ताका लागि निकै सहजता प्रदान गर्नेछ ।

खासगरी फोनमा क्यामराले काम नगरिरहेका प्रयोगकर्ता यसबाट लाभान्वित हुनेछन् ।

ह्वाट्सएपमा यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले गुगल प्ले स्टोरबाट आफ्नो ह्वाट्सएप अपडेट गर्नुपर्ने हुन्छ । मोबाइल नम्बरबाट वेब ह्वाट्सएप लगइन गर्नका लागि :

  • सबैभन्दा पहिले वेब ह्वाट्सएप लगअन गर्नुहोस्
  • त्यसपछि क्यू आर कोडको तलपटि्ट दिइएको Link with phone number अप्सनमा क्लिक गर्नुहोस्
  • त्यहाँ तपाईंले आफ्नो ह्वाट्सएप अकाउन्ट भएको फोन नम्बर हाल्नुपर्ने हुन्छ
  • त्यसपछि आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस्ती
  • नथोप्ले आइकनमा ट्याप गरी लिंक्ड डिभाइस अप्सनमा जानुहोस्
  • Link a device अप्सनमा ट्याप गर्नुहोस् र त्यसपछि देखिने Link with phone
    number  ट्याप गर्नुहोस्
  • त्यसपछि कम्प्युटरको ब्राउजर स्त्रिmनमा देखिने ८ वटा अंक अक्षरको कोड हाल्नुहोस्
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?