+
+

रोहितले भने : सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाएनौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १५:५७

२५ असार, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।

एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि नपाउँदा नैराश्यता बढेको बताए ।

‘पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं, मन्त्रीज्यूसँग कुरा भएको छ । सायद छिट्टै हुन्छ होला,’ पौडेलले भने ।

नेपालले लिग २ सिरिज जित्ने खेलाडीलाई जनही २ लाख तथा एसीसी प्रिमियर कप उपाधि जितेका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

तर त्यो पुरस्कार रकम नपाएको खेलाडीको गुनासो छ । सबै खेलाडी आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ छ । रोहितले फुटबल खेलाडी पलायन भएको सन्दर्भ निकाल्दै भने ‘जसरी फुटबलमा खेलाडी पलायन भइरहेको छ । त्यो अवस्था क्रिकेटमा नआओस् ।’

पुरस्कार र सम्मानले खेलाडीको हौसला बढ्छ । खेलाडीको हौसला बढाउनकै लागि प्रशिक्षक मोन्टी देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागेका गरेका छन् । यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्ने देसाईले बताए ।

‘उनीहरुले सक्ने उनीहरुले गरिरहेका छन् । मैले सक्ने ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागु गरिरहेको छु,’ देसाईले भने, ‘हामी खेललाई माया गछौं । यो कुरालाई निरन्तर लगिरहन सबैपक्षबाट सहयोग हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?