+
+

क्रिकेट विश्वकप छनोटको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १६:१२

२५ असार, काठमाडौं । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सार्वजनिक गरेको ‘टिम अफ दि टुर्नामेन्ट’मा च्याम्पियन श्रीलंका र उपविजेता नेदरल्याण्ड्सबाट तीन-तीन खेलाडी समावेश छन् ।

श्रीलंका र नेदरल्याण्डस शीर्ष दुईमा रहेर आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन सफल भएका थिए ।

श्रीलंकाबाट ओपनर पथुम निसान्का, वानिन्दु हसरंगा र महिश थिक्शाना तथा नेदरल्याण्ड्सबाट विक्रमजित सिंह, कप्तान स्कट एडवार्ड्स र बास डे लिड समावेश छन् ।

श्रीलंकाका हसरंगाले सर्वाधिक २२ र थिक्सनाले २१ विकेट लिएका थिए । बास डे लिड सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा रहे ।

निसन्का सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा थिए ।

यस्तै घरेलु टोली जिम्बाव्वेबाट पनि तीन खेलाडी नै अटाएका छन् । छनोटमा चौथो भएको जिम्बाव्वेमा सिन विलियम्स, सिकन्दर राजा र रिचर्ड एनगाभाराले ‘टिम अफ दि टुर्नामेन्ट’ मा स्थान बनाएका छन् ।

सिन विलियम्सले छनोटमा सर्वाधिक ६०० रन बनाएका थिए । यस्तै तेस्रो भएको स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र क्रिस सोल पनि ‘टिम अफ दि टुर्नामेन्ट’ मा अटाए ।

आईसीसी ‘टिम अफ दि टुर्नामेन्ट’ मा पर्न सफल खेलाडी र प्रदर्शन

पथुम निसन्का (श्रीलंका) ४१७ रन

विक्रमजित सिंह (नेदरल्याण्ड्स) ३२६ रन र ६ विकेट

ब्रान्डन म्याकमुलेन (स्कटल्याण्ड) ३६४ रन र १३ विकेट

सिन विलियम्स (जिम्बाव्वे) ६०० रन र ३ विकेट

बास डे लिड (नेदरल्याण्ड्स) २८५ रन र १५ विकेट

सिकन्दर राजा (जिम्बाव्वे) ३२५ रन र ९ विकेट

स्कट एडवार्ड (नेदरल्याण्ड्स) ३१४ रन

वानिन्दु हसरंगा (श्रीलंका) २२ विकेट

महिश थिक्सना (श्रीलंका) २१ विकेट

क्रिस सोल (स्कटल्याण्ड) ११ विकेट

रिचर्ड एनगाभारा (जिम्बाव्वे) १४ विकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?