+
+

एभरेष्ट इन्टरनेसनल मोडेल युएन सम्मेलन काठमाडौंमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १२:०८

२६ असार, काठमाडौं । छैटौं वार्षिक क्षेत्रीय एभरेष्ट इन्टरनेसनल मोडेल युएन सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

सोमबारदेखि पाँच दिनसम्म चल्ने सम्मेलन युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले उदघाटन गरेका हुन् ।

सम्मेलन अमेरिकी दूतावास काठमाडौँसँग यूथ थिन्कर्स सोसाइटीको साझेदारीमा आयोजना भएको हो । सम्मेलनमा १४ राष्ट्रका २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा पाँचवटा संयुक्त राष्ट्र समितिहरू, संयुक्त राष्ट्र महिला, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, संयुक्त राष्ट्र बाल कोष, संयुक्त राष्ट्र सुरक्षा परिषदको अनुकरण गरिने जनाइएको छ ।

सम्मेलनमा सहभागीहरूले विविध समूह बनाएर आफ्ना अनुभव र विशेषज्ञतामा छलफल गर्नेछन् । संयुक्त राष्ट्र संघको नमुना महासभाकै शैलीमा विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुने गरी छलफल चल्ने छ ।

आयोजक दीपिका श्रेष्ठका अनुसार सन् २०१४ मा वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालयस्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ सञ्चालन गरेको थियो ।

त्यसपछि सन् २०१६ देखि यस संस्थाले नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरी नमुना सम्मेलन सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?