+
+

पाकिस्तानी पत्रकारको दाबी : प्रधानमन्त्रीलाई प्रश्न सोध्दा जागिर गयो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १४:२८

२७ असार, काठमाडौं । पाकिस्तानका एक जना पत्रकारले प्रधानमन्त्री शहबाज सरिफलाई प्रश्न सोधेका कारण आफूले जागिर गुमाउनु परेको दाबी गरेका छन् ।

पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पीटीभीमा आवद्ध पत्रकार आजम चौधरीले आफूलाई टेलिभिजनको सेवाबाट हटाएको बताए ।

लाहोर प्रेस क्लबका अध्यक्षसमेत रहेका चौधरीले जुन ३० मा पञ्जावको गभर्नर हाउसमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शहबाज सरिफलाई प्रेस स्वतन्त्रताका बारेमा प्रश्न सोधेका थिए ।

त्यो पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री इशाक डार र मरियम ‍औरन्गजेब समेत सहभागी थिए ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार पत्रकार चौधरीले विचार अभिव्यक्तिको स्वतन्त्रताबारे प्रधानमन्त्रीको भनाइ र व्यवहारमा भइरहेको वास्तविकताबारे फरक रहेको भन्दै प्रश्न गरेका थिए ।

द नेसन पाकिस्तानका अनुसार चौधरीले सञ्चार माध्यममाथि लागेको अघोषित बन्देज कहिलेसम्म हट्ट भनेर पनि प्रश्न गरेका थिए ।

पाकिस्तानका सूचना मन्त्री मरियम ‍औरन्गजेबले भने चौधरीलाई सेवाबाट हटाइएको भन्ने दाबी गलत रहेको बताएका छन् ।

ट्वीट गर्दै उनले चौधरी पीटीवीमा कर्मचारीका रुपमा नभइ विश्लेषक समूहको सदस्यका रुपमा रहेको र त्यसबाट नहटाइएको बताएका छन् । औरन्गजेबले ट्वीटरमा लेखेका छन्, ‘उनलाई विश्लेषक समूहको सदस्यबाट हटाइएको छैन र हटाइने पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?