+
+

चीनले प्रक्षेपण गर्‍यो तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १२:५७

चीनले पहिलोपटक अक्सिजन मिश्रित तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेटको सफलतापूर्वक परीक्षण गरेको छ ।

जुलाई १२ बुधबारको दिन चीनको एक निजी कम्पनीले विश्वकै पहिलो मिथेन-लिक्विड अक्सिजन रकेट लञ्च गरेको हो ।

योसँगै चीन मिथेन र तरल अक्सिजनबाट चल्ने रकेट तयार गर्ने पहिलो देश बनेको छ । यस्तो खालको रकेट बनाउने प्रयास अमेरिकाले पनि गरिरहेको थियो तर चीनले सुरुमा बाजी मार्न सफल भयो ।

उत्तर पश्चिम चीनको जियुकुआन स्याटेलाइट सेन्टरबाट बुधबार बिहान ९ बजे रकेट प्रक्षेपण गरिएको हो ।

सो रकेटको नाम जूक्यू टू क्यारिअर रकेट रहेको छ । रकेटले निर्धारित मापदण्ड अनुरुप आफ्ना सबै टार्गेट पूरा गर्न सफल भएको छ ।

बेइजिङस्थित निजी अन्तरीक्ष कम्पनी ल्याण्डस्पेसले दोस्रो प्रयासमा यो रकेट तयार पारेको हो । उसले गत वर्ष डिसेम्बरमा गरेको पहिलो प्रयास भने विफल भएको थियो ।

यो सफलतासँगै अब अन्तरिक्षयान प्रक्षेपणमा नयाँ पुस्ताको रकेटको विकास भएको छ ।

बुधबारको सफलतासँगै चीन मिथेन इन्धनयुक्त रकेट निर्माणमा अमेरिकालाई पछि पार्न सफल भएको छ ।

एलन मस्कको स्पेस एक्स र जेफ बेजोसको ब्लु ओरिजिनलाई पनि चिनियाँ कम्पनीले पछि पारेको छ ।

रकेट इन्धनमा मिथेनको प्रयोगलाई कम प्रदूषकका साथै सुरक्षित, सस्तो र पुनःप्रयोग गरिने रकेटमा उपयुक्त प्रोपेलेन्ट मानिन्छ ।

स्मरण रहोस् चिनिया अन्तरिक्ष कम्पनी ल्याण्डस्पेस तरल प्रोपेलेन्ट रकेट प्रक्षेपण गर्ने दोस्रो चिनियाँ कम्पनी पनि बनेको छ ।

यसअघि गत अप्रिल महिनामा अर्को चिनियाँ निजी कम्पनी बेइजिंग तियानबिंग टेक्नोलोजीले मटि्टतेल-अक्सिजन रकेट प्रक्षेपण गरेको थियो । यसले इन्धनको पुनःभरण तथा पुनः प्रयोग गर्ने रकेटको विकासमा नयाँ फड्को मारेको थियो ।

चीन सरकारले सन् २०१४ मा अन्तरिक्ष विज्ञानको उद्योगमा निजी क्षेत्रलाई पनि लगानी खुल्ला गरेसँगै व्यवसायिक अन्तरिक्ष कम्पनीहरुले यो क्षेत्रमा ठूलो लगानी र प्रतिफल हासिल गरिरहेका छन् ।

ल्याण्डस्पेस पनि सबैभन्दा सुरुमा र उत्कृष्ट लगानी रहेको कम्पनी मध्ये एक हो ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?