+
+

‘एक भगवत् गीता’को टिजरमा विपिनको कमलामाई अवतार

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते ११:५०

काठमाडौं । विपिन कार्की, सुहाना थापा र धीरज मगर स्टारर फिल्म ‘एक भगवत् गीता’को रोचक टिजर सार्वजनिक भएको छ । टिजरमा विपिन लैंगिक अल्पसंख्यकको पात्र कमलामाईको अवतारमा देखिएका छन् । समग्रमा फिल्मको टिजर विपिन र सुहाना वरपर घुमेको देखिन्छ ।

विपिनको लुक्सले दर्शकलाई सरप्राइज दिन सक्छ । ट्रासजेन्डर पात्रको भूमिकामा देखिएका उनी हतियार लिएर लडाइँमा उत्रिएका छन् । टिजर हेर्दा विपिनलाई फिल्मको ‘एन्टागोनिस्ट’ भएको महसुस गर्न सकिन्छ । जनकपुरको जानकी मन्दिर र जनकपुरको सेटिङमा खिचिएको यो फिल्ममा भागदौडका दृश्य देखिन्छन् ।

सुहानाको पात्र कतै भागिरहेको देखिन्छ । धीरज मगर गुरुङ पहिरनमा प्रस्तुत छन् । टिजरको आकर्षणको रुपमा विपिन छन् ।

झरना थापा निर्देशित फिल्ममा कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथालाई झरनाले लेखेकी हुन् । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा छ ।

राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । यो फिल्म भदौ २९ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?