+
+

सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकारको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १३:१२

काठमाडौं । रातोपुलस्थित निवासमा मृत भेटिएका अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्युको घटनाबारे छानबिन गर्न कलाकारले माग गरेका छन् । पूर्वमिस नेपाल तथा अभिनेत्रीहरु सृष्टि श्रेष्ठ, मलिना जोशी, अभिनेत्री स्वस्तिमा खड्कासहित फिल्मकर्मीले ताम्राकारको निधनको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न आग्रह गरेका छन् ।

सारुककी मिल्ने साथी समेत रहेकी मलिनाले इन्स्टाग्राममार्फत सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाएर दोषीलाई कारवाही गर्न भनेकी छन् ।

‘उसलाई के कुराले त्यसो गर्न बाध्य बनायो । अन्तिम दिनमा ऊसँग को-को थिए ? अन्तिम संवाद के थिए ? उसको कफिनमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई कल गरेको थियो ? उसले किन नजिकका मिल्ने महिला साथीहरुसँगको सम्बन्ध तोड्यो ? यो कस्तो खालको जादू थियो ? उसलाई के बिरामी बनाइएको थियो ? के उसलाई दुर्व्यवहार गरिएको थियो ? के उसले अपमानित महसुस गरेको थियो ? उसलाई चोट पुर्‍याइएको थियो ? के ऊ अवसादमा थियो ? उसमाथि के भएको थियो भन्ने जान्न पाउने अधिकार सबैसँग छ । हामी निष्पक्ष छानबिनको माग गर्छौ,’ मलिनाले प्रश्न गरेकी छन् ।

मलिनाको यो पोस्टलाई अर्की अभिनेत्री स्वस्तिमा खड्काले पनि सेयर गरेकी छन् । अभिनेत्री सृष्टि श्रेष्ठले पनि इन्स्टाग्राममा सारुकको तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘सत्य र न्यायको जित हुनेछ ।’ निर्देशक सुरेशदर्पण पोखरेलले ‘जस्टिस फर सारुक’ अभियान चलाएका छन् ।

उनको मृत्युलाई लिएर छानबिन गर्नुपर्ने माग दिनप्रतिदिन सामाजिक सञ्जाल उठिरहेको छ । नौ दिनअघि सारुक रातोपुलस्थित निवासमा मृत भेटिएका थिए । अभिनेता सानुकुमार ताम्राकारका छोरा सारुकले ‘इन्टुमिन्टु लण्डनमा’सहितका केही फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?