+
+

थाहा-८ मा अवैध बालुवाखानी सञ्चालन भएको भन्दै प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १४:१२

२९ असार, काठमाडौं । मकवानपुको थाहा नगरपालिका वडा नम्बर ८ मा अवैध रुपमा बालुवाखानी सञ्चालन भएको भन्दै रोक्न र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी प्रहरी कार्यालय उजुरी दिएका छन् ।

निवेदनमा ‘…विगत केही समयदेखि नै प्राकृतिक विनास हुने गरी वालुवा उत्खनन भइरहेको’ उल्लेख छ । वालुवा खानीका कारण वरपरका खेतबारीमा असर परेको, पानीको मुहान सुकेको, पहिरो जाने लगायतका समस्या देखा परेको भनिएको छ ।

बालुवाखानीले क्षति पुर्‍याएको हदसम्म क्षेतिपुर्ति दिलाइदिन समेत माग गरिएको छ ।

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी जवान कृष्टल लामाले निवेदन प्राप्त भएको र दुवै पक्षलाई छलफलमा बोलाइएको जानकारी दिए । उनका अनुसार निवेदनमा नाम उल्लेख भएका र निवेदन दिने दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

‘२७ गते निवेदन परेको थियो । २८ गते दुवै पक्षलाई बोलाएको विपक्षीहरु आएनन् । २९ गतेका लागि फेरि बोलाएको निवेदक पक्षहरु आएनन् । ३० गते फेरि दुवै पक्षलाई बोलाइएको छ’ दुवै पक्षलाई राखेर छलफल गर्छौं’ लामाले भने ।

हेर्नुहोस् निवेदन :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?