+
+

रुकुम पश्चिममा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १३:३१

१८ वैशाख, सुर्खेत । ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका-७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो ।

सिम्रुत बजारमा आज बिहान विपरीत दिशाबाट आएको रा१ख ३२१७ नम्बरको ट्रकले गिरी सवार रा६प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चालक गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

ट्रक चालक छत्रेश्वरी गाउँपालिका-७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?