+
+
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको मृत्यु :

अस्पताल र मृतक बालकका आफन्तबीचको वार्ता निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते २०:३९

२९ असार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि दुई दिनदेखि स्थिति तनावग्रस्त बनेको छ ।

बिहीबार घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय बालक आक्रोश नेपालीको मृत्युपछि आक्रोशित बनेको परिवार र आफन्तजनले शुक्रबार पनि प्रतिष्ठान अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।

दिउँसो भिडभाड बढ्दै गएपछि प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउन खोज्दा धकेलाधकेल समेत भएको थियो भने सवारी आवागमन ठप्प भएको थियो। पछि पीडित परिवारसँग छलफल गरेपछि सडक खुलाइएको थियो ।

मृतक परिवारको जारी आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ । शुक्रबार दिनभर आकस्मिक कक्ष र फार्मेसी पनि बन्द रह्यो ।

प्रदर्शन थप तनावग्रस्त बनेपछि प्रहरीले प्रतिष्ठानको भवन परिसर वरिपरि सुरक्षा व्यवस्था कडा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

आज पनि वार्ता निष्कर्षविहीन

बिहीबारदेखि मृतकका परिवार र प्रतिष्ठानमाबीच लगातार भएको वार्ता निषकर्षबिहीर्ष बिहिन बन्दै आएको छ । आज शुक्रवार पनि दुवैपक्षबीच भएको वार्तामा सहमती जुट्न सकेन ।

पीडित पक्षले मृतक बालककी आमालाई रोजगारी र उपचार खर्च र २५ लाख रुपैया क्षतिपूर्ति बाफतको रकम दिनुपर्ने माग राखेको छ । तर प्रतिष्ठानले अन्य विषयमा सहमत भए पनि क्षतिपूर्ति दिने कुरामा तयार नरहेपछि दुवैबीच सहमति जुट्न नसकेको पीडित पक्षबाट वार्तामा बसेका शरद बुढाथोकीले बताए ।

प्रतिष्ठान भनेजति क्षतिपूर्ति दिन तयार नभएपछि वार्तामा हुन नसकेको पीडित पक्षले जनाएको छ । सहमति नहुँदा मृतक बालकको शवसमेत उठन सकेको छैन ।

प्रतिष्ठानले भने आफ्नो आधिकारिक धाराणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?