+
+

महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते ७:५७

३१ असार, काठमाडौं । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो ।

गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३-१ ले पराजित भएको थियो ।

त्यसको बदला लिने लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा सफल हुन सकेन । अब दोस्रो खेलमा नेपाल सामु जित निकाल्दै हारको बदला लिने अवसर बाँकी छ ।

‘हामी यहाँ जित्नका लागि आएका हौँ । पहिलो खेल बंगलादेशसँग बराबरी भयो,’ नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले भने, ‘दोस्रो खेलमा हामी अट्याकिङ फुटबल खेल्नेछौँ । केही दिनदेखि हामी यहाँ छौँ र मौसमसँग अभ्यस्त भइसकेका छौँ । आशा छ दोस्रो खेल राम्रो हुनेछ । हामी हाम्रो राम्रो दिने प्रयास गर्नेछौँ ।’

बंगलादेशले पछिल्लो समय राम्रो खेलिरहेको र साफ च्याम्पियन टिम भएकोले विपक्षीको सम्मान गर्ने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?