+
+

उमाशंकर प्रसादलाई केन्द्रीय समितिबाट हटाउन जसपालाई निर्वाचन आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १८:४८

३१ असार, काठमाडौं । निर्वाचन आयोगले उमाशंकर प्रसादलाई केन्द्रीय समितिबाट तत्काल हटाउन जनता समाजवादी पार्टी (जसपा)लाई निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक रहेका उनी दलको सदस्य भएर राजनीतिक क्रियाकलापमा सहभागी भएको आयोगको निष्कर्ष छ ।

सार्वजनिक पद धारणा गरेको व्यक्तिलाई राजनीतक दलमा क्रियाशील भई काम गर्ने सुविधा नभएको भन्दै आयोगले उमाशंकरलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र त्रिवि रजिस्टारको कार्यालयलाई भनेको छ ।

साथै उनलाई केन्द्रीय समितिबाट हटाई ३ दिनभित्र जानकारी गराउन जसपालाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?