+
+

३७ वर्षपछि ‘पानको पात’ जोडी प्रेमराजा र बमबहादुरको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १४:०१

काठमाडौं । झण्डै चार दशकअघिको चर्चित गीत ‘पानको पात’ श्रोतामाझ कालजयी छ । प्रेमराजा महत र बमबहादुर कार्कीलगायतले यो गीतमा स्वर दिएका थिए । त्यतिबेला यी दुईले अन्य चर्चित गीतमा पनि सहकार्य गरे । अहिले आएर ‘पानको पात’को जोडीबीच पुनः सहकार्य भएको छ ।

मंगलबार म्युजिक नेपालको स्टुडियोमा ३७ वर्षअघिको एक हिट गीतको पुनः रेकर्डिङमा महत र कार्कीले स्वर दिए । कुन हिट गीत भन्ने त खुलाएनन् तर पानको पातसहितका केही हिट गीतमा यी दुईले सहकार्य गरेका छन् । दर्शकलाई ‘सरप्राइज’ दिन उनीहरुले कुन गीतमा पुनः रेकर्ड गरे भन्ने खुलाएका छैनन् ।

‘त्यतिबेलाको हिट गीतलाई पुनः रेकर्ड गरेका हौं । कुन गीत भनेर भन्दैनौं । त्यतिबेलाको पुरानो प्रविधिमा गीत रेकर्ड गरेका थियौं । त्यतिबेला लाइभमा गाउनुपर्थ्यो । त्यतिबेला स्वर र संगीतमा सुधार गर्ने अवस्था थिएन । अहिले त्यो सुविधा छ । श्रोता-दर्शकले यसलाई पुरानो गीततर्फ फर्किएको रुपमा पनि लिन सक्नुहुन्छ,’ कार्कीले अनलाइनखबरसँग भने ।

धेरैले आफूहरुको जोडीका गीत सुन्ने चाहना गरिरहेकाले केही दिनमै यो योजना बनेको उनले बताए । दर्शक-श्रोताले चाँडै यो गीतलाई श्रव्य र दृश्यमा हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?