+

विश्वकप खेल्ने भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन

२०८१ वैशाख  १८ गते १७:४९ २०८१ वैशाख १८ गते १७:४९
विश्वकप खेल्ने भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन

१८ वैशाख, काठमाडौं । टी २० विश्वकप २०२४ का लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरेको छ ।

टिममा युवा ओपनर यशस्वी जैसवालले पहिलो पटक विश्वकपको टिममा स्थान बनाएका छन् । विकेटकिपर ऋषभ पन्तको टिममा पुनरागन भएको छ ।

सञ्जु सामसनले केएल राहुललाई प्रतिस्थापन गरेका छन् । यस पटक युवा ओपनर शुभमन गिलको स्थानमा अर्का युवा ब्याटर यशस्वी जैसवालले खेल्ने मौका पाएका हुन् ।

भारतीय टोली : रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्डेय (उपकप्तान), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह , जसप्रित बुमराह, मोहम्मद सिराज ।

वैकल्पिक खेलाडी : शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।

टी-२० विश्वकप भारतीय टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय