+
+

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्राको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते ११:४९

३० जेठ,  काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल जान लागेकी हुन् । सावित्रा अगष्ट १ मा ईजरायल जानेछिन् ।

सिंहदरबारमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले बिदाइ गरेका हुन् ।

हापोएल रानानाले सावित्रासँग सम्झौता गरिसकेको छ ।  एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् ।

युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको भन्दै सावित्राले खुसी व्यक्त गरिन् । ‘मेरा लागि यो फरक र नयाँ गन्तव्य हो, मेरा लागि यो नयाँ चुनौती हो, म त्यसका लागि तयार छु’, भारतीय क्लबबाट व्यावसायिक लिग खेलिसकेकी सावित्राले भनिन् ।

मन्त्री लिम्बुले सावित्रा नेपाली फुटबलमा ठूलो संभावना बोकेको खेलाडी रहेको भन्दै भन्दै ईजरायलमा पनि राम्रो खेल प्रदर्शन गर्न शुभकामना दिए ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपालको खेलाडीले युरोपको क्लबमा खेल्न पाउनु खुसीको अवसर रहेको बताए ।

नेपालका लागि इजरायली राजदूत हानन गाेदरले याे खुशीकाे क्षण भएकाे र सावित्राकाे खेल हेर्न सबै प्रतिक्षारत रहेकाे बताए ।

घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् ।

यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?