+
+
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट :

कुशल भुर्तेलको आक्रामक बलिङमा यूएई ए १५७ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १३:३७

३ साउन, काठमाडौं । कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

खेलमा पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले १३ रन बनाएका आयन्स शर्मालाई पवन सराफको हातबाट क्याच आउट गराए ।

दोस्रो विकेट भने सराफको नाममा रह्यो । उनले अन्स टन्डनलाई ३ रनमा एलबीडब्लुको धरामा पारे ।

तेस्रोदेखि आठौं विकेट कुशल भुर्तेलले लिए । उनले एथन डिसुजालाई व्यक्तिगत १८ रनमा एलबीडब्लू आउट गरे । जुन उनको पहिलो तथा नेपालको तेस्रो विकेट थिए ।

त्यसपछि उनले ओपनर लवप्रित सिंह ५२ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन तथा यशवन्त भल्थापा १६ रनमा आउट गरे । उनले ३५.२ ओभरमा ४ रन बनाएका मोहमद फराजुद्दिनलाई  सन्दीप जोराको हातबाट क्याट आउट गराउँदै ६ विकेट पूरा गरेका थिए ।

४४ औं ओ‌भरका दोस्रो र अन्तिम बलमा मौसम ढकालले २ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?