+
+

बहुविवाह मुद्दाका फरार अभियुक्त कुलेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १९:५५

३ साउन, काठमाडौं । प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- २२ घर भई हाल काठमाडौं महानगरपालिका- १६ म्हेपी बस्‍दै आएका ४९ वर्षीय सञ्जित पाण्डे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वर्त लैनचौर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?