+
+
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक :

केन्द्रीय सदस्य बुढाथोकीलाई कारबाही गर्न कोशीका मुख्यमन्त्री थापाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १२:३८

४ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा झापाको पार्टी विवाद छताछुल्ल भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाए । ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्ट्रेलिया गएको रेकर्डेड छ ।’

झापा २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन् । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौला निकट छन् । बुढाथोकी संस्थापन पक्षका हुन् ।

बुधबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाएका थिए ।

कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?