+
+

पुष्पलालले स्थापना गरेको पार्टी अहिले एमाले होः शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १३:४१

७ साउन, रामेछाप । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले स्थापना गरेको पार्टी अहिले एमाले भएको बताएका छन् ।

पुष्पलालको ४५औं स्मृति दिवसमा रामेछाप पुगेका महासचिव पोखरेलले एमालेले पुष्पलालको विरासत धानिरहेको बताए । ‘पुष्पलालको ऐतिहासिक विरासत धानेको पार्टी एमाले हो भन्ने कुरा यहाँसम्म आएर गरेको कार्यक्रमले पनि देखाउँछ’, पोखरेलले भने ।

रामेछाप तीन लाल (पुष्पलाल, गंगालाल र कृष्णलालको) को जन्म जिल्ला भए पनि अहिलेसम्म सालिक समेत स्थापना गर्न नसकिएको पनि उनले बताए । ‘एमाले नेतृत्वको सरकारका पालामा बनेका तीन लालका सालिक अहिलेसम्म यहाँ ल्याएर स्थापना गर्न सकिएको छैन’, पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?