+
+

‘हल्का रमाइलो’को पछिल्लो शृंखलामा बल्छी धुर्बेको हिरासतदेखि रिहाइसम्मको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १७:२६

काठमाडौं । प्रसारण रोकिएको डेढ महिनापछि अन्ततः टिभी सिरियल ‘हल्का रमाइलो’को प्रसारण सुरु भएको छ । दर्शकले आइतबार बेलुका हिमालय टिभीबाट सिरियलको १८८ औं श्रृंखला हेर्न पाए ।

यो एपिसोड बल्छी धुर्वेमय रह्यो । वान–एक्स बेट प्रकरणमा पक्राउ परेदेखि अदालतको आदेशमा रिहाइसम्मको यात्रालाई निर्देशकसमेत रहेका बल्छी धुर्वेले यो श्रृंखलामा प्रस्तुत गरेका छन् । उनले यो श्रृंखलामार्फत गल्तीप्रति माफी माग्दै अदालतको आदेशलाई सम्मान गर्ने समेत बताएका छन् ।

पछिल्लो एपिसोडमा बल्छी धुर्वेलाई मात्र देखाइएको छ भने राजु मास्टर देखिएका छैनन् । एक महिना प्रहरी हिरासतमा बस्दाखेरिको पीडा, सामाजिक सञ्जालमा चलेको हल्ला, नेताले देखाउने स्वार्थदेखि परिवारमा परेको असर लगायतका सन्दर्भ यसमा प्रस्तुत गरिएको छ । युट्युबमा सार्वजनिक भएको १९ घण्टामै यो एपिसोडलाई चार लाखभन्दा बढी पटक हेरिएको छ ।

‘हल्का रमाइलो’को पछिल्लो एपिसोडमा उत्तम केसी नेताको भूमिकामा देखिएका छन् । सिरियलमा सविता गुरुङ, कृष्ण सिवाकोटी, डोल्मा लामा, अनिता बस्नेत, कमला रेग्मी, रजनी गुरुङ, पुजन घिमिरे लगायत पनि देखिएका छन् । हल्का रमाइलो आइतबार बेलुका ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुन्छ ।

यसैबीच, हिमालय टिभीबाट आउने हिमालय रोडिजको प्रसारण साउन १५ गतेदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?