+
+

ईयू राजदूतले योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग गरिन् बिदाइ भेट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १७:३७

८ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् ।

कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार गएर उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् ।

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे ।

नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जाँदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?