+
+

एएफसी कप छनोटका लागि मछिन्द्रले अनुबन्ध गर्‍यो ८ खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १७:५१

८ साउन, काठमाडौं ।  एएफसी कप छनोटका लागि मछिन्द्र एफसीले ८ जना नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

एएफसी कप क्वालिफार्यसमा मछिन्द्र एफसीले भुटानको पारो एफसीसँग ८ अगस्टमा खेल्दै छ । त्यो खेलका लागि ८ जना खेलाडी अनुबन्ध गरेको मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठले जानकारी दिए ।

नयाँ खेलाडीको रुपमा आशिष चौधरी (चर्च ब्वाइज), आयुष घलान (संकटा), एरिक विष्ट (संकटा), लखेन लिम्बू (थ्रीस्टार), मेसुके ओलमोउ (खुमलटार), सनिष श्रेष्ठ (एपीएफ), रेजिन सुब्बा (खुमलटार) र रोहित सुब्बा (खुमलटार) छन् ।

यी खेलाडीहरुलाई एएफसीकै लागि मात्रै अनुबन्ध गरिएको क्लबले जनाएको छ । ।

अन्य खेलाडीले भने ए डिभिजन खेलेका खेलाडी नै छन् । जसमा विशाल श्रेष्ठ, अभिषेक गुरुङ ,अफिज ओलावाले, आन्द्रेस निया,विजय भुजेल, विमल घर्ती मगर, देवेन्द्र तामाङ, दिवाकर चौधरी, करिम, सौरभ लिम्बू, छिरिङ गुरुङ ,उत्सव राई, प्रदिप भण्डारी, दिपेश घले र सुरज विक छन् ।

एएफसी कप छनोटमा प्रशिक्षकको रुपमा किशोर केसीले नै जिम्मेवारी सम्हाल्ने श्रेष्ठले बताए ।

डिफेन्डिङ च्याम्पियन मछिन्द्रले लिगको उपाधि रक्षा गर्न सकेको थिएन । तर लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग एफसी लाइसेन्स नहुँदा यस पटक मछिन्द्रले एएफसी कप क्वालिफर्यस खेल्ने मौका पाएको हो ।

एएफसी कप क्वालिफार्यसमा मछिन्द्र एफसी र पारो एफसीबीचको खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ ।

माउन्टन एभरेस्ट स्पोर्टस् इभेन्ट प्रालिले यसखेलको लागि टिकटिङ अधिकार खरिद गरेको छ ।

खेलमा साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर रहेको जानकारी दिइएको छ । तर आधिकारिक रुपमा टिकटिङ र ब्रोडकास्टिङको सम्झौता रकम खुलाउन नचाहेको क्लबले बतायो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?