+
+

काभ्रेमा सञ्चालनमा आयो लक्जरी रिसोर्ट दूषित थानी

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० साउन ८ गते १९:१४

८ साउन, काठमाडौं । काभ्रेको धुलिखेलमा लक्जरी ‘दूषित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरियो ।

कुल २८ कोठा र १८ भिल्लासहितको संरचनामा यो रिसोर्ट बनाइएको छ । कुल ७.९२ एकड जग्गामा रिसोर्ट फैलिएको कार्यक्रममा जानकारी दिइयो ।

अझै २६ वटा कोठाहरु अहिले पनि निर्माणको चरणमा रहेको र सन् २०२४ भित्रै निर्माण सम्पन्न गर्न लक्ष्य रहेको रिसोर्टका लगानीकर्ता रमेश हमालले जानकारी दिए ।

रिसोर्टमा डाइनिङ रेष्टुरेन्ट, बार, सभाहल तथा स्वीमिङ पुलसहितका सुविधा उपलब्ध छन् ।

सफ्ट ओपनिङका अवसरमा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, थाइ दूतावासका प्रतिनिधि तथा स्थानीय वासी सहभागी भए ।

दूषित थानी थाइल्याण्डको आतिथ्य ब्राण्ड हो । सोहीकारण यसको संरचना थाई आर्किटेकमा आधारित रहेर निर्माण गरिएको छ ।

लगानीकर्ता हमालका अनुसार यसको डिजाइन पनि थाई इन्जिनियरबाटै गरिएको हो । अहिले धितोपत्र बोर्डका अध्यक्ष हमाल यसअघि १९ वर्ष थाइल्याण्डमा बसेर नेपाल फर्किएका हुन् । उनैले काभ्रेमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्टमा २ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?