+
+

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १४:२२

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक वितरक सिप्रदीले टाटाका जेन्युइन पार्टसको मूल्य समायोजन गरेको छ । ग्राहकवर्गको चाहना र अपेक्षालाई मध्यनजर गरेर मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवी तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिङको फाइदा उठाउन सक्नेछन् ।

समायोजित मूल्य साउनदेखि नेपालभर रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क–सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?