+
+

देउवाले बोलाए असोज २ गते केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १९:५९

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् ।

विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न नसकेको बताएका थिए ।

विधानलाई कार्यान्वयन गर्ने गरि देउवाले असोज २ गते अर्को बैठक बस्ने सार्वजनिक रुपमा भनेका छन् ।

बैठक अन्त्य गर्दै अर्को मिति देउवाले घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?