+
+

नेसनल बास्केटबल लिग असोजमा हुने,  ८ टिमको नाम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते ९:३०

११ साउन, काठमाडौं । नेसनसल बास्केटबल लिग (एनबिएल) आगामी असोज दोस्रो साता हुने भएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच एनबिएलको पहिलो संस्करण खेल्ने ८ टोलीको नाम बुधबार घोषणा भएको छ ।

प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।

एनबिएल खेल्ने टोलीहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब छन् ।

नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो ।

नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले एनबिएललाई उत्कृष्ट लिग बनाउने प्रयास रहेको भन्दै सहभागि सबै टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?