+
+

सुन प्रतितोला ८ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते ११:५१

११ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो ।

यसअघि ४ साउनका दिन सुनको मूल्यले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो । आज सोही मूल्यको नजिक पुगेको छ ।

बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो ।

आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ ।

चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?