+
+

उच्च मूल्यबाट ६ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते ११:३०

६ वैशाख, काठमाडौं । बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?