+
+

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १२:३६

१२ साउन, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ ।

शुक्रबारर छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार एक लाख १३ हजार ५ सय रुपैयाँ प्रतितोलामा छापावल सुनको खरिद बिक्री भएको थियो भने चाँदी १ हजार ४९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?