+
+

अञ्जुले ल्याइन् पतिले आफूलाई समर्पित गरेर रचेको गीत ‘तिम्रो सुन्दर रुप’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १७:२६

तिम्रो सुन्दर रुपको वर्णन खै म के गरुँ

तिम्रो हरेक शब्दहरुमा संगीतको धुन भरुँ

तिम्रो चोखो प्रेमको वर्णन खै म के गरुँ

जिन्दगीका जँघारहरु सँगसँगै हामी तरुँ

आऊ हामी माया पिरतीका कुरा गरुँ

सँगसँगै सपनाहरु पूरा गरुँ

गायिका अञ्जु पन्तको नयाँ गीत ‘तिम्रो सुन्दर रुप’का शब्दहरु हुन् यी । गायनमा उनलाई रञ्जन राईले साथ दिएका छन् । गीतका शब्द अञ्जुकै श्रीमान् थिर कोइरालाले कोरेका हुन् भने संगीत नवीन कार्कीले भरेका छन् । गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।

‘अञ्जु पन्त अफिसियल’ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् । परितोषिका अञ्जुकी छोरीसमेत हुन् ।

यो गीत आफूलाई श्रीमानले उपहारस्वरुप दिएको अञ्जुले बताइन् । ‘मेरो श्रीमानले मेरो लागि स्पेसल सम्झेर समर्पित गरेर यो गीत रच्नुभएको हो । यो मेरा लागि उहाँको उपहार हो,’ अञ्जुले अनलाइनखबरसँग भनिन् । गीतमा प्रकाश खड्का एण्ड टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?