+
+

पुष्पा बस्नेतको संस्थालाई प्रभाकर राणा इन्डोमेन्ट फन्डको एक करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते १८:२९

१३ साउन, काठमाडांै । सीएनएन सुपर हिरो पुष्पा बस्नेतले स्थापना गरेको प्रारम्भिक बाल विकास केन्द्र पुतली घरलाई एक करोड राशीको प्रभाकर शमशेर राणा इन्डोमेन्ट फन्ड प्राप्त भएको छ ।

प्रतिष्ठित व्यवसायी प्रभाकर शमशेर राणाको स्मृतिमा उनकी छोरी माया राणा टुफोले यो कोष स्थापना गरेकी हुन् । नेपालको पर्यटन, जलविद्युत् तथा अटोमोबाइल क्षेत्रमा लगानी गरेका अग्रणी व्यवसायी प्रभाकर शमशेर राणाको २०७६ सालमा निधन भएको थियो । उनले सोल्टी होटेल, सिप्रदी ट्रेडिङ, भोटेकोशी जलविद्युत् लगायत कम्पनीमार्फत नेपालमा व्यवसाय गरेका थिए ।

हरेक वर्ष नेपालमा उत्कृष्ट सामाजिक काम गर्ने संस्थालाई राणाको स्मृतिमा स्थापित यो कोषको रकम प्रदान गरिन्छ । गत साल दरबार स्कुलमा पुस्तकालय स्थापनाका लागि एक करोड राशी नै प्रदान गरिएको थियो ।

पुष्पा बस्नेतले सन् २००५ देखि नै काठमाडौंमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गरिरहेकी छन् । खासगरी जेल परेका बाबुआमाका सन्तान जेलभित्र हुर्कनुहुन्न भनेर उनले त्यस्ता बालबालिकालाई आश्रय तथा शिक्षादीक्षाका लागि यो केन्द्र सञ्चालन गरेकी हुन् । बस्नेत सन् २०१२ की सीएनएन हिरो तथा सन् २०१६ की सीएनएन सुपर हिरो हुन् ।

यो रकम पुतलीघरमा रहेका बालबालिकालाई राम्रो पोषण, स्वास्थ्य र शिक्षा दिन खर्च गरिने बस्नेतले बताइन् । ‘यी बच्चाहरुलाई राम्रो माया र हेरचाहका साथ हुर्काउन सकियो भने यिनीहरु भविष्यमा देशकै अनुहार बन्न सक्नेछन्’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?