+
+

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते ८:५८

१४ साउन, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

उक्त राजमार्गको तानसेन-बुटवल सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं-३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ ।

अहिले सुरुङमार्ग आयोजना अन्तर्गतको मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

ठूला ढुंगासहित पहिरो खसेको हुँदा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेको थियो ।

वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहँदा सवारी आवागमनसँगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ ।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईका लागि यात्रामा निस्किएका यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक खुलाउन कम्तिमा दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?