+
+

बुटवल-पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते ९:०३
फाइल तस्वीर ।

९ पुस, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ-जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

बैठकको निर्णयमा लेखिएको छ, ‘…निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले मिति २०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरियो ।’

यो अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन सन्चालनमा भने रोक नलगाउन आयोजना कार्यालयलाई भनिएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ ।

आयोजना कार्यालयले सुरुङ मार्ग निर्माण गर्ने क्रममा टनेलको साउथ पोर्टल, नर्थ पोर्टल, बाइपास टनेल नम्बर १ र २ तथा स्लोप एरियाको काम गर्दा बाटो साँघुरो भएका कारण निर्वाध रुपमा यातायात सन्चालनकै अवस्थामा काम गर्न असहज भएको भन्दै सवारी साधन बन्द गर्न स्वीकृतिका लागि अनुरोध गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पुस १६ गतेदेखि सडक बन्द गर्ने र अपेक्षित नतिजा हासिल हुने गरी निर्माण कार्य गर्ने निर्णय भएको हो ।

राजमार्ग सुरक्षा समितिको बैठकले सडकमा उड्ने धुलोको कारण यात्रुहरुले सास्ती खेप्नु परेकाले सिद्धार्थ राजमार्गको सडक मर्मत खण्ड र तानसेन-रिडी सडकको जोर्ते खण्डमा डिभिजन सडक कार्यालयले पानी छर्किने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

यसैगरी तानसेन-रानीमहल सडकखण्डको केही स्थानहरुमा फलामका छडहरु बाहिर निस्किएकाले सडक पूर्वाधार विकास कार्यालयले मर्मत सम्भारको व्यवस्था मिलाउने लगायतका निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?