+
+

ट्वीटरमा वी च्याटको फिचर थप्ने एलन मस्कको योजना, के हो वी च्याट ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १२:५७

हालसालै ट्वीटरको नयाँ लोगो सार्वजनिक गरेका एलन मस्कले नयाँ फिचर थप गर्ने योजना बनाएका छन् । उनले ट्वीटरमा वी च्याटजस्तै तर फराकिलो दायराका सुविधा थप्ने योजना बनाएका हुन् ।

४४ अर्बमा ट्वीटर खरिदगरेसँगै उनले नयाँ नयाँ योजना अघि  सारिरहेका छन् । वी च्याटलाइ सबै काम गर्ने एपको संज्ञा दिएका उनले ट्वीटरलाई पनि त्यस्तै बनाउन चाहेका हुन् ।

‘अब ट्वीटरलाई हामी विस्तृत सञ्चारको माध्यम बनाउनेछौं र त्यहाँबाट वित्तीय कारोबारसमेत गर्न सुविधा हामी  थप्ने छौं,’ उनले भनेका छन् ।

ट्वीटरमा वृहत्तर क्षेत्रका सुविधा थप गरेर आम्दानी बढाउने योजनामा उनी छन् । मस्कले खरिद गरेसँगै विज्ञापनको आम्दानी आधाभन्दा बढीले  घट्दा ट्वीटर ऋणको भारमा छ ।

मस्कले वी च्याटको नक्कल किन गर्न खोजे ?

वीच च्याट चीनमा सन् २०११ मा आएको हो । टेन्सेन्ट कम्पीनले बनाएको यो प्रविधि चीनको १ अर्ब ४० करोड जनसंख्याले प्रयोग गर्छन । यसमा म्यासेजिङ, भ्वाइस, भिडिओ कल, फुड डेलिभिरी, सामाजिक सञ्जाल सबै समावेश छन् । यस्तै यस एपमा विद्युतीय भुक्तानी, गेम, समाचार तथा डेटिङ साइटका फिचर  पनि छन् ।

लोकप्रिय एक ह्वाट्स एप, फेसबुक, एप्पपल पे, टिण्डर, अमेजनका सबै सुविधा वी च्याटमा रहेका छन्  चीनका हेरक व्यक्तिको लत यसमा छ । वी च्याट सुरुवातमा म्यासेजिङ एप थियो । विस्तारै यसले आफ्नो सुवधा थप्दै गएको हो । अहिले वी च्याटमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड थप गरेपछि क्वीआर मार्फत सिधै भुक्तानी गर्न सकिन्छ ।

सरकारले पनि सामाजिक सुरक्षा कार्यक्रम तथा सेवाका लागि वी च्याटनै प्रयो गर्छ । जस्तोकी अस्पतालमा बुकिङ लगायतका सेवामा यसको प्रयोग हुनेगरेको छ । कोभिडको समयमा यसमा हेल्थ कोड राखेर निकैनै उपयोगी काम भएको थियो ।

वी च्याटमार्फत सरकारले हरेक चिनियाँको गोपनीयता हनन गरेको । उनीहरुमाथि निगरानी गरेको आरोप चीनलाई बारम्बार लाग्ने गरेको छ । सबैतिर वी च्याट पुगेकाले पश्चिमा अधिकांश सामाजिक सञ्जाल र समाचार पोर्टल चीनमा बन्देज छन् । यसबाट सरकारले नागरिकलाइ निगरानी बढाएकाले सरकारको आलोचना त्यस एप मार्फत गर्न नसकिने त्रास चिनिँयाहरुमा छ ।

सरकारविरुद्ध केही बोलेमा वा लेखेमा एकाउन्टनै सस्पेन्ड हुने गरेकोसम्म घटना रहेका छन् । ‘यो एपमार्फत नागरिकमा निगरानी बढाएर आफ्नो शासन सत्तामा कुनै चुनौती आइपर्न नदिने सिद्धान्त अनुसार सरकारले काम गरिरहेको छ,’ चिनियाँ मामिला जानकार किज लाओ भन्छन् ।

वी च्याटको नक्कल पश्चिममा सार्थक होला ?

चीनमा वी च्याटको लोकप्रियताको कारण दुई वटा छन् । पहिलो मोबाइलमा वी च्याट समावेश हुनु । र अन्य देशको तुलनामा निकै ढिलो इन्टरनेटको विकास हुनु । त्यसैले वेभ ब्राउजरमा अभ्यस्त अघिनै उनीहरु वी च्याटमा अभयस्त भए । तर पश्चिमाहरू इन्टरनेट दुनियाँमा निकै अघि रहेकाले मस्कको अवधारणाले सार्थकता पाउन गाह्रै रहेको नीती अध्ययनकर्ता साफरको भनाइ छ ।

‘मस्कले सामाजिक सञ्जाल एपमा कारोबारको सुविधा थप गर्ने योजना अघि सारेका छन् । वी च्याटको लोकप्रियता यो कारणले पनि ह्वात्तै बढेको थियो । तर अन्य प्रविधिमा अभ्यस्त पश्चिमाहरुले त्यसैलाई चयन गर्छन् भन्ने कुराको सुनिश्चितता हुँदैन,’ उनले भनिन् ।

पश्चिमाहरुलाई क्यासलेस र क्रेडिट कार्डरहित बनाउका लागि निकै समय लाग्ने एडिथ यङको भनाइ छ। ‘पश्चिमा समाजलाई क्यासलेस र क्रेडिट कार्ड रहित बनाउन निकै कठिन छ। मस्कको चुनौतीनै यहीँ छ,’ उनले भनिन् ।

चीनमा धेरैले क्यास र क्रेडिट कार्ड स्वीकार गर्दैनन् । उनीहरु वी च्याटमार्फतनै कारोबार गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?