+
+

दाङमा झिम्रुक गाउँपालिकाको गाडीले ठक्कर दिँदा दुई गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १९:३५

१४ साउन, दाङ । दाङमा प्युठानको झिम्रुक गाउँपालिकाको गाडीले मोटरसाइललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कार्पिओले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा बाकेको राप्ती सोनारी गाउँपालिका – ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका-९ का ४९ वर्षीय भिमबहादुर कुमाल गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

उनीहरुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । लमही अस्पतालमा प्राथमिक उपचारको पछि घाइते दुबैलाई कोहलपुर मेडिकल कलेज लगिएको छ ।

उक्त गाडी प्युठानको झिम्रुक गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?